तराई–मधेश एकीकृत प्राधिकरण स्थापना आवश्यक
विरगञ्ज | कात्तिक २७, २०८१
वीरगञ्ज: यहाँ सम्पन्न राप्रपा नेपालको २ दिने तराई–मधेश राष्ट्रिय सम्मेलनले ‘तराई–मधेश एकीकृत प्राधिकरण’ स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । तराई–मधेशको उत्थान र जनताको आर्थिकस्तर उकास्न उक्त प्राधिकरण स्थापना आवश्यक रहेको राप्रपाको ठहर छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तराई–मधेशका २१ जिल्लाका जनताको उत्थान र आर्थिकस्तरमा सुदृढीकरण गर्न एकीकृत प्राधिकरण स्थापना गर्नुपर्ने निर्णय सम्मेलनले गरेको जानकारी दिनुभयो ।
‘‘मधेशको जनसङ्ख्या मुलुककै आधाभन्दा धेरै छ । तर, यहाँका जनताको आर्थिकस्तर र उत्थान हुन सकिरहेको छैन,’’ उहाँले भन्नुभयो, ‘‘पार्टीको राष्ट्रिय सम्मेलनले प्राधिकरण स्थापना गरेर जनजीविकालाई सुधार्नुपर्ने निर्णय गरेको छ ।’’
अध्यक्ष थापाले हाल तराई–मधेशको विकासका लागि नगण्य बजेट विनियोजन हुँदै आइरहेको बताउनुभयो । आगामी दिनमा जनसङ्ख्याका आधारमा बजेट विनियोजन हुनुपर्ने उहाँको धारणा छ ।
सम्मेलनले तराई मधेशको सांस्कृतिक विविधतालाई अझ विस्तार गर्न मैथिली, भोजपुरी, अवधि र थारु भाषाको संरक्षण र सम्वर्द्धका लागि मातृभाषा संरक्षण आयोग गठन गर्नुपर्ने निर्णय पनि गरेको छ ।
अध्यक्ष थापाले तराई–मधेश मुलुककै अन्नभण्डार भएकाले यहाँको कृषि र सिँचाइको एकीकृत योजना अघि बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।
त्यसैगरी राप्रपा नेपालको राष्ट्रिय सम्मेलनले आगामी पुसमा सुनसरीको चतराधामदेखि त्रिवेणीधामसम्म पार्टीको जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सम्मेलनमा २ सय बढी पार्टी प्रतिनिधिको सहभागिता रहेको थियो ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

